१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छः नेता थापा

२० साउन, चितवन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार पत्रकारहरुसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताएका हुन् ।

नेता थापाले भने, “नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो । त्यो तागत फेरी दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ ।” त्यहाँ भारतीय सुरक्षा बलले तुइन काट्दा एक युवा नदीमा बेपत्ता भएका खबर सार्वजनिक भएको थियो।

अघिल्लो सरकारले संसदमा छलफल नगरी गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।”

फरक प्रसङ्गमा नेता थापाले कांग्रेसको महाधिवेशन संविधान र कानूनले दिएको समय र सीमाभित्र रहेरसम्पन्न गर्नुपर्नेमा जोड दिए । पार्टीभित्रको विवाद नसुल्झिए पुनः केन्द्रीय समितिमा ल्याउनुपर्ने आवश्यकता औल्याउँदै उहाँले विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक बोलाउन भनिएकामा बैठक नबोलाउने तर समय घर्किएपछि महाधिवेशन हुन सकेन भन्न नपाइने धारणा पनि व्यक्त गरे ।पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रकाशित मिति : August 4, 2021 at 1:25 pm