५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गगन थापाले चितवन पुगेर भने स्वास्थ्यमन्त्री बन्ने रहर त छ तर…


२० साउन, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्यमन्त्री बन्ने रहर व्यक्त गरेका छन । बुधबार चितवनमा थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट पारे । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले देश कोरोना महामारीसँग लडिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्न मन लागेको बताए ।

थापाले भने, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।’ सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २–३ दिनभित्र सरकारले पूर्णता पाउने बताउँदै थापाले कांग्रेस महाधिवेशन सार्न नहुने बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १२:५१