५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काेराेना अपडेटः ३३८३ संक्रमित थपिए, २४ जनाको मृत्यु, १९९४ संक्रमणमुक्त


१९ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १०६३८ जनाको पीसीआर परीक्षण गर्दा २४४८ र ६०८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३५ जना गरी थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ। सोही अवधिमा १९९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १८:००