१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

माधव नेपालले गुटको केन्द्रीय कमिटी बोलाएपछि ओलीसँगको भेटवार्ता स्थगित

१९ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच हुने भनिएको भेटवार्ता स्थगित भएको छ । नेता नेपालले बुधबार बिहान गुटको केन्द्रीय कमिटीको बैठक बोलाएपछि मंगबार साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको हो ।

विघटित कार्यदलका सदस्यहरूको पहलमा अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता आज साँझ हुने समय तालिका थियो । पार्टी एकतालाई अगाडि बढाउने उद्देश्यसाथ उहाँहरूबीच भेटवार्ता हुन लागेको थियो । तर, फेरि अन्तिम समयमा आएर उहाँहरूबीचको भेटवार्ता स्थगित भएको हो । आज मोओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन  ।

प्रकाशित मिति : August 3, 2021 at 5:39 pm