५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बत्ती झ्याप्प झ्याप्प जान थालेपछि हितेन्द्रदेव शाक्यलाई बर्खास्त गर्ने तयारी


१९ साउन, काठमाडाैँ । सरकारले बत्ती झ्याप्प झ्याप्प जान थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बर्खास्त गर्ने तयारी गरेको छ । कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट बर्खास्त गर्ने तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन ।

मंगलबार प्रधानमन्त्री देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसाल र शाक्यको बीचमा छलफल समेत भएको छ । शाक्यलाई तत्काल राजिनामा दिन अनुरोध गरिएको छ । शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । उनले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट पनि राजीनामा नदिएको पाइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १७:३३