११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

नागरिकले राज्य छैन भन्ने र खोज्ने अवस्था नआउने गरी काम गर्न मन्त्री पाण्डेको निर्देशन


१९ साउन, काठमाडौँ । बागमती प्रदेश सुरक्षा समितिको बैठकले विपद् व्यवस्थापनका लागि चारै सुरक्षा संगठनलाई एकैसाथ परिचालन गर्ने निर्णय गरेको छ । मंगबालर मकवानपुरको मकवानपुरगढीमा भएको प्रदेश सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेको अध्यक्षमा बसेको बैठकले बाढी पहिरोका कारण प्रदेशको विभिन्न जिल्लामा भएको क्षतिको अवस्थामको मूल्यांकन गरी राहत तथा उद्धार र व्यवस्थापनको काम गर्ने निर्णय गरेको छ । बैठकमा सिन्धुपाल्चोकका लागि प्रदेश सरकारका तर्फबाट तत्काल गर्न सकिने सहयोगका सम्बन्धमा समेत छलफल भएको थियो ।

त्यस्तै प्रदेश अन्तर्गतका सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको कामको अवस्थाहेरि चाँडो सम्पन्न गराउन भूमिका खेल्ने र त्रिशुली, हेटौँडा र सिन्धुली अस्पतालमा तत्काल डायलासिस सेवा सुचारू गर्ने बारेमा पनि छलफल भएको छ । बैठकमा सम्बोधन गर्दै मन्त्री पाण्डेले नागरिकले राज्य छैन भन्ने र खोज्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १५:५५