११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच प्रतिपक्षमा पुगेपछि आज पहिलो भेटवार्ता हुँदै


१९ साउन, काठमाडौँ । सर्वोच्च अदालतको परमादेशले नेकपा एमाले सत्ताच्यूत भएपछि आज पहिलो पटक अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा भेटवार्ता हुने भएको छ । एमाले विवाद मिलाउने सम्बन्धमा छलफलका लागि दुई नेताको बीचमा भेटवार्ता हुन लागेको हो ।

एमालेको सत्ता च्यूत गराउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोकेर राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म पुगेका नेपाल एमालेको सत्ताहरू गिराउन सफल भएपछि ओलीसँग छलफलका लागि राजी भएका हुन । नेपालकै कारण एमालेले संघीय सरकार र गण्डकी सरकारको नेतृत्व गुमाइ सकेको छ भने अब कर्णालीमा सरकार बनाउन नसक्नेगरी थेचारिएको छ ।

दोस्रो तहका नेताहरूले पार्टी एकताका नाममा वार्ता पनि गर्ने र एमाले समाप्त पार्ने अभियानमा लागेकाहरूलाई प्रशय पनि दिँदै अघि बढ्दा एमाले अबको निर्वाचनमा नागरिकको प्रश्नको उत्तर पनि दिन नसक्ने अवस्थामा पुगेको छ । १० बुँदे समझदारीको जगमा टेकेर एउटा सहमति निर्माण गर्ने गरी ओली र नेपाल भेटाउने तयारी भैरहेको नेताहरूले बताएका छन ।

कर्णालीका नेपाल निकटका चार सांसदको जागिर गएपछि उनी ओलीसँग भेट्न तयार भएका छन । सम्भवत आज मंगलबार साँझसम्ममा भेटवार्ता हुनेछ । दुई नेताको भेटवार्ताका लागि उपयुक्तस्थानको खोजी भैरहेको नेताहरूले बताएका छन । नेपााल एमालेको नयाँ कार्यालयमा अहिलेसम्म गएका छैनन् । योबीचमा बरू उनी कांग्रेस संसदीय दलको कार्यालय दर्जनौ पटक पुगेर दिन बिताएका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०९:५४