५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नुवाकोट कांग्रेसको रमिताः भ्रष्टाचारको भण्डाफोर गर्ने नाममा सरकारी सम्पतिमा तोडफोड


१८ साउन, नुवाकोट। नेपाली कांग्रेसले नुवाकोटमा रमिता देखाएको छ । विदुर नगरपालिकाको भ्रष्टाचारको भण्डाफोर गर्ने नाममा सरकारी सम्पतिमा तोडफोड गरेको छ । सोमबार विदुर नगरपालिका परिसरमा प्रदर्शन गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताले नागरपालिकामा तोडफोड गरे ।

उनीहरूले कागतीको बेर्नामा नगरपालिकाको नेतृत्वले भ्रष्टाचार गरेको र वडाको सफारिस बिनै भुक्ता गरेर नेतृत्वले कमिसन खाएको अारोप लगएका छन । उनहरूले ढुंगामुढा गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन । कांग्रेसले भष्टाचारको भण्डारफोर गर्ने र प्रदर्शन गर्ने सूचना पाएपछि नगरप्रमुख सञ्जु पण्डित भने पहिल्यै निस्केका थिए ।

नेपाली कांग्रेसले विदुर नगरपालिकाको वडा नम्बर १३ मा भएको कागतीको भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेको छ । विदुर नगरपालिकाले कागतीको बेर्नाका नाममा लाखौँ रूपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

एउटा सहकारीसँग मिलेर नगरपालिकाको नेतृत्वले कागतीको बेर्ना ढुवानीमा गाडी भाडामा लिने काम देखिनै अनियमितता गरेको कांग्रेसको आरोप छ । पाँच वटा बेर्ना पाएका कतिपय किसानको भरपाइमा भने ५०० बेर्ना उल्लेख गरेको पाइएको छ ।

नगरको नेतृत्वको पहिलेदेखिकै समस्या रहेको भन्दै कांग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षहरूले आन्दोलन गर्दै आएका छन । यसअघि नगरपालिकाले डोजर किन्दा बढी मूल्यको स्पेसिफिकेशन लिएर कम मूल्यको डोजर किनी करिब १५ लाख रूपैयाँ झ्वाम परेको नगरका वडा अध्यक्षहरूले आरोप लगाउँदै आएका छन ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार २०:०२