१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

३१२५ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

१८ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १०६१३ जनाको पीसीआर परीक्षण गर्दा २२७९ र ३१९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४६ जना गरी थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ। सोही अवधिमा १९२५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 2, 2021 at 5:13 pm