५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गृहमन्त्रीलाई कोमल वलीको प्रश्नः दार्चुला घटनालाई सरकारले कम्फर्टेबल बनाउन खोजेको हो ?


१८ साउन, काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले दार्चुलामा तुईनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडलाई प्रश्न गर्दै सांसद वलीले भारतीय एसएसबीले तुइन काटेर बेपत्ता भएका जयसिंहको घटनाबारे सरकारले भारतसँग कुरा गर्न सक्छ ? कि यसलाई कम्फरटेबल बनाउन खोजेको हो ? ‘ नेपाली युवा जयसिंह धामीले तुइन तर्न एक मिटर मात्रै बाँकी हुँदा एसएसबीले काटेको कुरा आइसकेको छ, प्रत्यक्षदर्शीले पनि यो कुरा भनिसकेका छन्, एसएसबीले तुइन काटेपछि नेपाली युवा बेपत्ता भएको कुरा छर्लंग भइसकेको छ, यो जति भर्त्सना गरे पनि कम हुन्छ, मानवताविरोधी र क्रुर अनि लज्जास्पद पनि छ ।’

उनले भनिन्,  ‘तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकारले समिति बनाएर मात्र सरकार उम्कन नमिल्ने भन्दै उनले यसबारे सरकारले भारतसँग कुरा गर्न आग्रह गरेकी छिन् । ‘नेपाल सरकारले समिति मात्रै बनाएर मात्र बस्न मिल्छ कि भारतसँग कुरा गर्न सक्छ ? कि सरकारले यसलाई कम्फरटेबल बनाउन खोजेको हो ?

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १५:०१