४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारी सुविधा नलिने र व्यावसायिक संस्थाबाट अलग हुने स्वास्थ्य राज्यमन्त्रीको घोषणा


१८ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा आफ्नो १ सय दिने कार्ययोजना सार्वजनिक गर्दै श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

श्रेष्ठले मन्त्री पदमा रहुञ्जेल व्यावसायिक संस्थाबाट अलग रहेको घोषणा समेत गरेका छन् । राज्यमन्त्री श्रेष्ठले भने, ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु,’ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १३:२१