४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदल बैठक जारी


१८ साउन, काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी रहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रमको खाका बनाइसकेको छ । खाकालाई अन्तिम रुप दिन बाँकी रहेकोले छलफल जारी रहेको एक नेताले बताए ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य रहेका छन् ।

बैठकमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १२:२८