१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एमाले नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश खतिवडाको इजलासमा

१८ साउन, काठमाडाैँ । नेकपा एमालेका नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा हुने भएको छ । नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद पद माग्दै  गत बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।   चार नेताहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश खतिवडाको एकल इजलासमा राखिएको छ ।

संविधान विपरित नेकपा माओवादी केन्द्रले कारबाही गरी प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको दाबीसहित चार नेताहरुले रिट दायर गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रको आधारमा गत चैत २६ गते संसद सचिवालयले उनीहरुलाई पदमुक्त गरेको थियो ।

उनीहरूले सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट पुनर्वहालीको माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको दावी गरेका छन् ।

प्रकाशित मिति : August 2, 2021 at 12:13 pm