१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एसएसबीले तुइन काटेर नेपाली युवाको हत्या गरेको विरोधमा काठमाडाैँमा युवा संघको प्रदर्शन

१७ साउन, काठमाडाैँ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर नेपाली युवाको हत्या गरेको विरोधमा राष्ट्रिय युवा संघले काठमाडाैँमा प्रदर्शन गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा एसएसबीले तुइन काटेपछि स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् । उनको शव नभेटिएपछि परिवारजनले कुशको प्रतिमा बनाएर दाहासंस्कार गरिसकेको छ ।

तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन । युवा संघले यस विषयमा सरकार मौन बसेको बताउँदै तत्काल दोषीलाई कारवाही नगरिए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएको छ । प्रदर्शनमा युवा संघका उपाध्यक्ष अमिल लामा लगायतले सम्बाेधन गरेका थिए ।

प्रकाशित मिति : August 1, 2021 at 8:52 pm