१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

काेराेना अपडेटः २५६८ संक्रमित थपिए, १८ जनाको मृत्यु, २०२० संक्रमणमुक्त

१७ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८४०२ जनाको पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८७ जना गरी थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। सोही अवधिमा २०२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 1, 2021 at 4:46 pm