१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

मेलम्चीको बाढीले चनाैटेको रातो पुल बगायो (भिडियोसहित)

१७ साउन, काठमाडौँ । मेलम्चीको बाढीले चनौटेको रातो पुल बगाएको छ । मेलम्ची नदिमा शनिबार राती आएको बाढीका कारण थप क्षति पुगेको पुल आइतबार बिहान ८ बजे बगाएको हो । करिब तीन घण्टा पुलमाथिबाट बाढी बगेपछि पुल पनि बगेको स्थानीयले बताएका छन । पुल बगेसँगै हेलम्बुको दुइ वडासँगको सडक सम्पर्क विच्छेद भएको छ । बाढीका कारण ग्यालथुम बजार समेत जोखिममा  परेको छ । गएराति बाढीले रेडियो मेलम्चीको भवन समेत बगाएको थियो ।

प्रकाशित मिति : August 1, 2021 at 8:57 am