२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

माधव नेपालविरूद्ध राैतहटमा ‘आइटी आर्मी’को हजाराैँको जुलुश (भिडियोसहित)

१६ साउन, काठमाडौँ । एमालेमा रहेर आफू माओवादीकै सांसद हो भन्दै सर्वोच्च अदालत पुगेका प्रभु साहको नेतृत्वमा बनेको आइटी आर्मीले रौतहटमा हजारौँको संख्यामा मोटरसाइकल जुलुश प्रदर्शन गरेको छ। शनिबार आइटी आर्मीले मोटरसाइकल जुलुश गरेको साहले बताएका छन । आइटी आर्मीले मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीकाविरूद्ध समाजमा जनचेतना फैलाउन तथा सशक्त संघर्ष गर्नका लागि व्यापक जनाधार निर्माण एवं परिचालन गर्नेरगराउने उद्धेश्यले मोटरसाइकल र्‍याली गरेको जनाएको छ। एमालेमा बसेर माधव नेपाललाइ लालगद्दार भनिरहेका प्रभु साहले जुलुश लालगद्दारको विरूद्धधमा निकालिएको बताएका छन ।

प्रकाशित मिति : July 31, 2021 at 7:16 pm