९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

क्रियाशील सदस्यता विवाद समाधान गर्न देउवा, पौडेल र सिटौलाबीच बैठक

१५ साउन, जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका कांग्रेसका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ ।  विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबिच बैठक बस्न लागेको हो ।

बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट समाधान गर्ने निर्णय गरेको थियो। जसअनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद समाधान गर्न समय लिएका थिए।

बारा र सप्तरीमा कांग्रेसकाे नयाँ क्रियाशील सदस्ताबारे विवाद छ। यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद रहेकाे छ। विवाद समाधान गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ। अधिवेशनका लागि अर्को मिति तोकिएको छैन।

क्रियाशीलमा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा २० दिनदेखि धर्ना दिइरहेका छन्।  क्रियाशील सदस्यता विवादका कारण आगामी भदौ १६ गतेदेखि हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशन नहुने पक्का भइसकेको छ ।

प्रकाशित मिति : July 30, 2021 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/