९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

माधव नेपालले प्रचण्ड लगायतसँग परामर्श गरेरमात्र ओलीसँग कुरा गर्नेबारेमा निर्णय दिने

१४ साउन, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समूहका अन्य नेताहरूसँग परामर्श गर्ने भएका छन ।

बिहीबार एमाले अध्यक्ष ओलीसँग कुरा गर्न अनुरोध गर्न पुगेका नेता सुवास नेम्वाङसँग नेपालले साथीहरूसँग परामर्श नगरी कुनै निर्णय नदिने बताएका छन। हरेक दिनजसो प्रचण्डसँग राजनीतिक विषयमा कुराकानी गर्दै आएका नेपालले ओलीसँग कुरागर्नु अघि पनि परामर्श लिन चाहेका हुन ।

नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेपछि उनले यस्तो बताएका हुन । दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए । नेपाल भेटेपछि नेम्वाङले भने,  ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु ।’

 

प्रकाशित मिति : July 29, 2021 at 10:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/