३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्वः मुख्यमन्त्री पौडेल


१४ साउन, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताएका छन् । चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनःनिर्माणको आज शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।

उनले यस्ता सम्पदाको संरक्षणले यहाँको विकासको मूल फुटाउने उल्लेख गरे । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले शुरुआत गरेका विकास निर्माणका काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम निर्माणका क्रममा नै यस सुरुङ, चन्द्र ज्योति विद्युत्गृहलगायतका देशका शानहरुको संरक्षणका लागि कार्यक्रम बनाउन निर्देशन दिएको उनले स्मरण गरे । एक सय चार वर्षअघि निर्माण भएर विसं २०२० सम्म सञ्चालनमा रहेको सुरुङमार्ग हाल भग्नावशेषका रूपमा रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ११:५२