३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

सांसद माग्दै चार नेताले दायर गरेको रिटको सुनुवाई न्यायाधीश कार्कीको इजलासमा


१४ साउन, काठमाडाैँ । नेकपा एमालेका नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ । नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसद पद माग्दै  बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । चार नेताहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको एक इजलासमा पेशी तोकिएको छ ।

उनीहरूले संविधान विपरित नेकपा माओवादी केन्द्रले कारबाही गरी प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको दाबीसहित चारद्वारा रिट दायर गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रको आधारमा गत चैत २६ गते संसद सचिवालयले उनीहरुलाई पदमुक्त गरेको थियो । उनीहरूले सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै परमादेशबाट पुनर्वहालीको माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको दावी गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार ११:४२