३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कांग्रेस कार्यकर्तालाई घरघरमै कोरोना खोप लगाउन गएपछि मेयर भीम पराजुली लखेटिए


१४ साउन, विराटनगर । कांग्रेस कार्यकर्तालाई मात्रै जम्मा गरेर खोप लगाउन थालेपछि विराटनगरका मेयर भीम पराजुली लखेटिएका छन । बुधबार मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका हुन ।

मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति विमल राज भण्डारीको घरमा पुगेर खोप लगाएको थाहा पाएपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए ।आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १०:११