१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

बाढीले घट्ट बगाउँदा जुम्लामा एक महिलाको ज्यान गयो

१४ साउन, जुम्ला । भीषण वर्षापछिको बाढीले घट्ट बगाउँदा जुम्लामा एक महिलाको ज्यान गएको छ । बाढीले बगाउँदा एक जना अपाङ्गता भएकी महिलाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएकाे हो । शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने महिलालाई बाढीले बगाएकाे प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : July 29, 2021 at 7:17 am