१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

काठमाडौँमा आजदेखि फेरि भेरोसेल खोपको पहिलो मात्रा लगाइदै

१४ साउन, काठमाडौँ । काठमाडौँमा आजदेखि फेरि भेरोसेल खोपको पहिलो मात्रा लगाइदै छ । काठमाडौं जिल्ला खोप समन्वय तथा अनुगमन समितिले कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत साउन १४ देखि १८ गतेसम्म काठमाडौं जिल्लामा भेरोसेल खोप पहिलो मात्राको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

५० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुको हकमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाले सम्भव भएसम्म नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राख्ने गरी खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा भने सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर, वीर अस्पताल, नयाँ बानेश्वरस्थित निजामती अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

 

प्रकाशित मिति : July 29, 2021 at 6:51 am