२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

देउवालाई दिएकाे समर्थन फिर्ता लिने जनमोर्चाको चेतावनी


१३ साउन, काठमाडाैँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । जनमोर्चाले एमसीसी स्वीकार गर्न नसकिने अडान दोहोर्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलको बैठकमा राजमोका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीमात्र भनिरहने हो भने विपक्षमा जाने चेतावनी दिए ।

केसीले सरकार जनताको हितमा गम्भीर बन्न नसकेको तर एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाए । उनले भने ‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्योमात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?’ उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने जनमोर्चाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १२:२४

https://srdb.com.np/