२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मन्त्री माग्ने बैठकमा बालुवाटार छिरेपछि विजय पाैडेल कसरी भए माफिया ?


१३ साउन, काठमाडौँ । नेकप एमालेको माधवकुमारन नेपाल समूहका नेता डा विजय पौडेल मन्त्री मग्ने बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि उनकै कार्यकर्ताले माफियाको आरोप लगाएका छन । डा पौडेलहरूकै समूहको अनेरास्ववियूका केन्द्रीय सदस्य हीरा धामीले पौडेल सत्तारूढ दलको बैठकमा सहभागी भएपछि माफिवा बैठकमा गएछ भन्दै फेसबुक मार्फत सार्वजनिक टिप्पणी गरेका छन । उनले भनेका छन‘काठमाडौँ १० उम्मेदवार हुँ भन्ने स्वघोषित नेता माफिया बालुवाटर बैठकमा गएछ।’ सरकारमा सहभागी हुने विषयमा माधव नेपाल समूह विभाजित अवस्थामा रहेको छ । त्यसअघि नेता मानेका कार्यकर्ताले नै बालुवाटार छिरेर मन्त्रीको भागबण्डाको बैठकमा सहभागी भएपछि पाैडेलमाथि यस्तो अभियोग लागेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १२:०६

https://srdb.com.np/