२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

बलात्कार मुद्दामा पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ


१२ साउन, काठमाडाैँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणीको मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएका छन् ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको हो । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो ।

महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए । काठमाडौँ जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो । त्यसलगत्तै सरकारी वकिलबाट पुनरावेदन भएपछि आज उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १५:३४

https://srdb.com.np/