२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नारदमुनीमाथि माधव नेपालले गरेको व्यवहार सिंगो थारु सुमदायकै अपमान हाेः सांसद चौधरी


१२ साउन, काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि गरेको दुव्र्यवहार प्रति आपत्ति जनाएकी छिन् । साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिएका थिए ।

मंगलबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद चौधरीले समान हैसियतको सांसदलाई निस्केर जा भन्ने ? एउटा बाराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने मिल्छ ?, त्यहाँ त सबैको एउटै हैसियत हैन र ? उनले प्रश्न गर्दै भनिन् ।

चौधरीले भनिन्,  ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो। नारदमुनी रानाकोमात्र सवाल होइन,बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १४:५४