२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन (प्रतिवेदनसहित)


१२ साउन, काठमाडाैँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठ लामो प्रतिवेदन बुझाइएको हो।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ । जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका छन् । समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ ।

१४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील सदस्यता थप गरेको हो । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १३:०९