१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

पक्ष र विपक्षमा बस्न मलाई नैतिकताले दिएन, जसपाको पक्षमा उभिन तटस्थ बसेँः रेशम चौधरी

११ साउन, काठमाडौँ। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन्।  निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँ कुराकानीमा चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका हुने । उनले आफ्नो पक्ष र विपक्ष दुवै जसपा भएको बताए।

‘आज जेलबाट आएर पक्ष विपक्षमा सनाखत गर्न मलाइ नैतिकताले दिएन,’ उनले भने, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिएका छन् । आयोगबाट निस्किदै गर्दा चौधरीले नबोल्ने मान्छेले न्याय नपाउने रहेछ भन्दै आफ्नो रिहाइका लागि आग्रह समेत गरेका छन् । उनले हात जोड्दै भने,‘ न्याय न्याय न्याय।’ कैलालीको टीकापुर हत्याकाण्डको मुख्य दोषी आरोपमा पनि डिल्लीबजार कारागारमा सजाय भाेगिरहेका छन्।

प्रकाशित मिति : July 26, 2021 at 3:35 pm