२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

असोज १५ गतेदेखि कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्छः स्वास्थ्य मन्त्रालय

११ साउन, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने बताएको हो ।

मन्त्रालयका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको छ ।संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : July 26, 2021 at 2:28 pm