१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

हराएकी जसपा सांसद ढेंगामगर पार्टीको सम्पर्कमा

११ साउन, काठमाडाैँ । जसपाको लुम्बिनी प्रदेशको सांसद पुर्मती ढेंगामगर सम्पर्कमा आएकी छन् । पुर्मती ढेंगा आइतबार बिहान कपिलवस्तुबाट सम्पर्कबिहीन भएकी थिइन् ।

उनी सम्पर्कविहीन भएपछि जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले  इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद पुर्मती ढेंगामगर आज सम्पर्क आएको पार्टीका नेताहरुले जानकारी दिएको बताए ।

प्रकाशित मिति : July 26, 2021 at 1:14 pm