२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

१० दिनदेखि हराइरहेकी धादिङकी सम्झना मृत भेटिइन्


१० साउन, काठमाडाैँ । १० दिनदेखि बेपत्ता भएकी धादिङकी एक युवती मृत भेटिएकी छन् । धादिङकाे गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको प्रहरीले जानकारी दिएकाे छ । घटनास्थलबाट उनको घर ३०० मिटरको दूरीमा रहेकाे छ ।

प्रहरीका अनुसार सम्झनाकाे शव सडेको अवस्थामा बरामद भएको छ । प्रहरीले शव जाँचका लागि उठाइसकेकाे छ । सम्झनाकाे मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १५:४१