८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

आजदेखि राजधानीका चार अस्पतालबाट खोप प्रमाणीकरण कार्ड वितरण

८ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप लगाएकालाई आजदेखि राजधानीका ४ वटा अस्पतालमा खोप प्रमाणीकरणको कार्ड दिइने भएको छ । टेकु अस्पतालमा मात्र वितरण केन्द्रित गर्दा भीडभाड बढेको गुनासोपछि शुक्रबारदेखि चार अस्पतालबाट कार्ड बाँड्न थालिएकाे हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा‍‍. झलक गौतमका अनुसार आजदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरणको कार्ड बाँडिने भएको छ ।

यी सबै अस्पतालमा निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम सुरु भइसकेको गौतमले बताए। श्रम गन्तव्य मुलुकले खोप कार्ड अनिवार्य गरेपछि जोन्सन एन्ड जोन्सन खोप लगाएका नेपाली श्रमिकहरुले कार्ड लिन अस्पताल धाएका हुन् ।

प्रकाशित मिति : July 23, 2021 at 1:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/