२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

मेगा बैंकद्धारा सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई १२ लाख सहयोग

७ साउन, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले ११औं बार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैंया र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो ।

२०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरुप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।

प्रकाशित मिति : July 22, 2021 at 5:04 pm