२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

भारतीय राजदूत भेटेपछि प्रचण्डको गुनासोः मसँग खुलेर कुरै गर्न चाहनुभएन


७ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटेपपछि गुनासो गरेका छन। प्रचण्डले क्वात्राले गोप्य रूपमा खुलेर कुरा गर्न नचाहेको भन्दै गुनासो गरेका हुन ।

प्रचण्ड र क्वात्राको बीचमा मंगलरबार भेटवार्ता भएको थियो यद्यपी यो कुरा बुधबार बसेको स्थायी कमिटी बैठकमा मात्र प्रचण्डले जानकारी दिए । भेटमा राजदूत क्वात्राले नयाँ सरकारसँग उन्नत ढंगले काम गर्न भारत इच्छुक रहेको बताएका थिए ।

माओवादी स्थायी कमिटी बैठकमा सहभागी एक नेताका अनुसार राजदूतसँगको भेटको ब्रिफिङ गर्दै प्रचण्डले भारतीय राजदूतले भेटमा जो सरकारमा आए पनि राम्रो सम्बन्ध बनाएर काम गर्ने बताएको जानकारी दिए । प्रचण्डको निवासमै पुगेका राजदूत क्वात्राले खुलेर कुरा नगरेको स्थायी कमिटी बैठकमा बताएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार ०८:२२