राप्रपा अरू दलको पुच्छर बन्दैन, कसैप्रति आग्रह या पूर्वाग्रह छैनः अध्यक्ष लोहनी
६ साउन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अरू पार्टीको पुच्छ बन्ने नीति नरहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत डा लोहनीले भनेका छन हामी गुण र दोषका आधारमा दलहरूसँग सहकार्य गर्छाैँ तर कुनै पनि दलको पुच्छर बन्ने काम गर्दैनाैँ ।
प्रधानमन्त्री शेरबहादुरले विश्वासको मत माग्दा संसदमा तटस्थ बसेको स्मरण गराउँदै उनले भनेका छन ‘रा प्र पा प्रजातन्त्र मा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्तछ तर रा प्र पा कुनै पनि दल को पुच्छर भएर जादैन यहि मान्यता अनुरुप संसद मा बिस्वास को मतदान हुदा रा प्रा पा तटस्थ रहयो कुनै दल प्रति पनि आग्रह या पूर्वाग्रह नराखेर रा प्रा पा ले संसद मा गुण -दोष कोआधारमा समर्थन या बिरोध गर्नेछ।’
प्रकाशित मिति : July 21, 2021 at 2:17 pm





