१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

ओली समूहका तीन ठेकेदार सांसद फ्लोरक्रस गरेर देउवाको पक्षमा

३ साउन, काठमाडौँ । नेकपा एमालेका तीन ठेकेदार सांसद जो पार्टी भित्र अध्यक्ष ओलीको पक्षमा रहेका थिए उनीहरूले आज संसदमा भएको प्रधानमन्त्रीको विश्वासको पक्षमा मतदान गरेका छन । अर्थात उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरेका हुन । मत दिनेमा किसान श्रेष्ठ, धनबहादुर बुढा र प्रेम आले रहेका छन । आलेले केही दिनअघि देउवा निवास वुढानिलकण्ठ पुगेर आफूलाइ मन्त्री दिन आग्रह गर्दै ओली निकट ८ सांसदले फ्लोरक्रस गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : July 18, 2021 at 10:31 pm