१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

काेराेना अपडेटः १८०१ संक्रमित थपिए, २३ जनाको मृत्यु, १६६७ संक्रमणमुक्त

३ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६२८ जनाको पीसीआर परीक्षण गर्दा १२२३ जना र ३००० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७८ जनामा गरि थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ । यसैगरी सोही अवधिमा थप २३ काेराेना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५५० पुगेको छ ।

प्रकाशित मिति : July 18, 2021 at 5:41 pm