प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय
३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठक पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद मातृका यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीको निर्णय भएको बताए, उनले भने, ‘देउवाले विश्वासको मत पाउनुहुन्छ,’अदालतमा हस्ताक्षर बुझाएकोभन्दा धेरै सांसदले विश्वासको मत दिनुहुन्छ,’ ।
प्रकाशित मिति : July 18, 2021 at 1:38 pm





