अस्पतालबाट झलनाथको आह्वानः देउवालाई विश्वासको मत दिऔं
३ साउन, काठमाडौंँ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो मत पनि देउवलाई नै रहेको उल्लेख गरेका छन् ।
यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’


प्रकाशित मिति : July 18, 2021 at 1:31 pm





