३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । आइतबार बिहान बालुवाटारमा स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर उनले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्धका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै देउवाले कोरोना भाइरसको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : July 18, 2021 at 12:49 pm