ओली सरकारको निर्णय उल्टाउँदै देउवाः ११ मुलुकको राजदूत नियुक्ति रद्ध गर्ने निर्णय
३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको र ‘एग्रिमो’का लागि भएको पत्राचार समेत रद्द गर्ने पक्रिया सुरू भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
ओली सरकारले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरबियाका लागि मेराज मुसलमान र अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधरलाई राजदूतमा सिफारिस गरेको थियो ।
प्रकाशित मिति : July 18, 2021 at 10:46 am





