१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

युवा संघले जलायो माधव नेपाल र प्रधानन्यायाधीशसहित चार जनाको पुत्ला

१ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले एकै पटक चार जनाको पुत्ला जलाएको छ । संघको केन्द्रीय योजना अनुसार आज काठमाडौँको गोगंबुमा राँके जुलुससहित चार जनाको पुत्ला जलाइएको हो ।

स्थायी कमिटी सदस्य अमित पौडेलको नेतृत्वमा युवा संघ नुवाकोट काठमाडौ अन्तर जिल्ला सम्पर्क कमिटी अध्यक्ष कृष्ण आले मगर (अमित) अनेरास्ववियु स्थानीय नेता कार्यकर्ता सहभागीता भएको उक्त कार्यक्रममा माधवकुमार नेपाल, प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवरा, कांग्रेसका नेता विजय गच्छदार, हत्यारा अफ्ताव आलमको पुत्ला जलाइएको हो ।

नेपालको संविधानमो खिल्ली उडाउँदै व्यवस्थालाई नै ध्वस्त पार्ने गरी प्रधानन्यायाधिस जवराले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाई कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएको भन्दै युवाहरुले पुत्ला जलाएका हुन् ।

जनादेशलाई लत्याउँदै परमादेशबाट प्रधानमन्त्री चुन्ने विश्वको कुनै पनि देशमा नभएको उल्लेख गर्दै प्रधानन्यायाधिस जवराले विदेशी डलरको भरमा फैसला गरेको आरोप लगाएको छ । त्यस्तै आफ्नै पार्टीको सरकारलाई ढाली विदेशीको कम्र्फटेवल सरकार बनाउन हस्ताक्षर गरेको भन्दै माधव नेपालको पुत्ला जलाएका हुन ।

विगतका आफ्नो कालो कर्तुत लुकाउन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन नेता नेपालले महत्वपूर्ण भूमिका खेलेको भन्दै संघका कार्यकर्ताले पुत्ला जलाएका हुन । त्यस्तै ललिता निवासको काण्डका मुख्य नाइके नेता नेपाल तथा कांग्रेस नेता गच्छदारलाई अदालतले नै उन्मुक्ती दिन खोजेको भन्दै आक्रोसित युवाहरुले गच्छदारको पुत्ला जलाएका हुन् ।

गच्छदार करिव दुई वर्षदेखी आफ्नो भ्रष्टाचारको काण्ड लुकाउन भागेर बसेका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएसँगै उनीलाई अदालतले १० लाख धरौटीमा रिहा गरेको थियो । त्यस्तै देउवा प्रधानमन्त्री नियुक्त भएसँगै १७ जनालाई जिउँदै इट्टाभट्टामा पोली हत्या गर्ने अपराधी अफ्ताव आलमलाई समेत छुटाउने प्रकृया अगाडी बढाएको भन्दै संघले कडा आपत्ती जनाउँदै उनेको समेत पुत्ला जलाएका छन् । पुत्ला जलाउने क्रममा संघका कार्यकर्ताले देउवा नेतृत्वको सरकारले भ्रष्टाचारी तथा अपराधीलाई संरक्षण गरेको भन्दै आक्रोस जनाएका छन्

प्रकाशित मिति : July 16, 2021 at 10:38 pm