१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

काठमाडौँमा मौजुदा खोप सकियो, खोप कार्यक्रम स्थगित

१ साउन, काठमाडाैँ । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौँमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल खोप कार्यक्रम स्थगित गर्नुपरेकाे जानकारी दिए ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : July 16, 2021 at 4:29 pm