१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

राष्ट्रपति भण्डारीसँग फ्रान्सेली राजदूतको बिदाइ भेट

१ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : July 16, 2021 at 3:41 pm