काेराेना अपडेटः थपिए २६७६ संक्रमित, ३३ जनाको मृत्यु, १७५७ संक्रमणमुक्त
३१ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप २६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८२५६ जनाको पिसिआर परीक्षण गर्दा १७८२ जना र ४५१२ जनाको एन्टिजेन परीक्षण गर्दा ८९४ जना गरि थप २६७६ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५७ जना संक्रमणमुक्त भएका छन्। यस्तै काेराेना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएकाे मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति : July 15, 2021 at 5:08 pm





