बालकोटबाट ओलीको सम्बोधनः माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन
३० असार, काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका लागि एमालेमा रहने सवै ढोका बन्द भएको घोषणा गर्नुभएको छ । बुधबार बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषण गर्नुभएको हो । ‘माधवकुमार नेपाल गद्दार हुन् । उनकै कारण अहिलेको अवस्था आएको हो । नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो अध्यक्ष ओलीले भन्नुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे ‘हाम्रो साथीहरु बिकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती बिकाउ मालहरुको भविश्यले निर्धारुण गर्ला ? ‘अरु साथीहरुको हकमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’’ अध्यक्ष ओलीले आफु अहिलेसम्म चुनाव जितेर मात्रै प्रधानमन्त्री बनेको बताउदै भन्नुभयो, ‘म निवेदन हालेर, परमादेश पाएर झालझेल गरेर बनेको प्रधानमन्त्री होइन ।’ हामी गौरव र शानका साथ काम गर्छौ । मर्न परे पनि शानले मर्छौँ ।’
प्रकाशित मिति : July 14, 2021 at 2:58 pm





