२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

बालुवाटारबाट ओली निस्किदा अघि बढ ओली बा, प्राण दिन तयार छौँ भन्दै कार्यकर्ताले लगाए नारा

३० असार, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नु भएको छ । शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर ओलीले आज बालुवाटार छोडनु भएको हो ।

उहा बालुवाटारबाट निस्कँदा गेटदेखि नै कार्यकर्ताले भव्य स्वागत गरेका छन् । बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस  गर्दै कार्यकर्ताले भनेका छन्,‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ ।

प्रकाशित मिति : July 14, 2021 at 12:41 pm