२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

जडीबुटीको व्यवस्थापन र उपयोग गरौँः मन्त्री अधिकारी

२९ असार, गण्डकी । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।गण्डकी आयुर्वेद औषधालयद्वारा आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले प्राकृतिक उपचार प्रणालीको विकास तथा विस्तार गर्नुपर्ने बताउनुभयो ।प्रदेशको माथिल्लो भेगका जिल्लामा पाइने जडीबुटीको प्रवद्र्धनबाट प्रदेशमा आयुर्वेद पर्यटनको समेत विकास गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले सीमित स्रोतसाधनका बीचमा पनि गण्डकी आयुर्वेद औषधालयले प्रगति गरेको बताउनुभयो ।औषधालयका प्रमुख डा कुमार कासुलाले आयुर्वेद क्षेत्रका रणनीतिक तहगत समस्याको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरिएको बताउँदै जडीबुटीको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त अवसरमा औषधालयले तयार गरेको प्रदेश भित्रका आयुर्वेदिक विषय जानकारी समेटिएकोे डायरी विमोचन गरिएको थियो ।

प्रकाशित मिति : July 13, 2021 at 2:58 pm